गाँजासहित भारतीय मालबाहक ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

   २५ श्रावण २०७९, बुधबार १२:१६  

२५ साउन, पर्सा । अवैध रुपमा भारततर्फ लैजादैँ गरेको अवस्थामा पर्साबाट १४३ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा खटिएको टोलीले मंगलबार गएराति ११ बजेतिर उत्तरतिर बहुअरी चोकमा रोकी राखेको यूपी७५एम ४०८९ नम्बरको भारतीय मालबाहक ट्रक चेकजाँच गर्दा १४३ किलो गाँजा बरामद भएको सस्शत्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतले जानकारी दिए ।

चेकजाँच गर्ने क्रममा सवारी चालक क्याविनमाथिको हुटमा बाकसमाथि सामान राख्ने खण्ड बनाएर लुकाई छिपाई राखेको अवस्थामा गाँजा बरामद भएको थियो । गाँजासहित ट्रकलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

यसबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।