करेन्ट लागेर सप्तरीमा ससुरा र बुहारीको मृत्यु

   १९ श्रावण २०७९, बिहीबार १०:४८  

१९ साउन, सप्तरी । करेन्ट लागेर सप्तरीमा ससुरा र बुहारीको मृत्यु भएको छ ।

करेन्ट लागेर जिल्लाको कञ्चनरुप नगरपालिका ६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिए ।

बुधबार साँझ आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा अन्जलीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएको अवस्थामा बुहारीलाई देखेर ससुरा सौदानन्दले छुटाउन जादाँ उनलाई पनि करेन्ट लागेको यादवले जनाए ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि अस्पतालमा पटाइएको प्रहरीले जनाएको छ ।