आज एकैदिन थपिए ८ सय ९५ संक्रमित
१६ साउन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३ हजार ६ सय ८५ जनाको पीसीआर परीक्षण र २ हजार २ सय २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको हो । यो अवधिमा थप २ सय ६४ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ३४ कोरोना संक्रमित उपचाररत रहेका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






