कांग्रेस नेता खतिवडाले दुई अस्पताललाई गरे अक्सिजन सिलिण्डर प्रदान

   १ असार २०७८, मंगलवार १०:५३  

१ असार, रौतहट । नेपाली कांग्रेसका युवा नेता तथा प्रर्वसांसद रामहरि खतिवडाले दुई अस्पताललाई १५ वटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् ।

कोरोना माहामारीका बेला खतिवडाले रुम्जाटार अस्पताललाई १० सिलिण्डर र रानीवन अस्पताललाई ५ वटा अक्सिजन सिलिण्डर सहयोग गरेका हुन् ।

यस्तै, उनले डा कल्याण शर्मा र पवन श्रेष्ठको सहयोगमा खिजिदेम्बा गाउँपालिकालाई एउटा अक्सिजन कन्सन्ट्रेर उपलब्ध गराएका छन् ।