कोरोनाविरुद्धको खोप लगाउने; रामदेव

   २८ जेष्ठ २०७८, शुक्रबार १०:४८  

२८ जेठ, रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध तयार गरिएको खोप लगाउने रामदेवले घोषणा गरेका छन् ।

एलोप्याथिक उपचार पद्धतिको विरोध गर्दा विवादमा आएका पतञ्जलि आयुर्वेदिक संस्थाका संस्थापक रामदेव बाबाले छिट्टै कोभिड १९ विरुद्धको खोप लगाउने घोषणा गरेका भारतीय समाचार एजेन्सी पीटीआईमा उल्लेख गरिएको हो ।

भारतीय सञ्चारमा उल्लेख गरिएका अनुसार रामदेव बाबाले कोरोनाविरुद्धको खोप लगााउने बिहीबार घोषणा गरेका हुन् ।

यसअघि प्याथोलोजी लगायत आधुनिक चिकित्सा पद्धतिको विरोधमा उत्रिएपछि, रामदेव बाबाविरुद्ध भारतका चिकित्सकहरुले कानुनी उपचारको खोजी गर्ने चेतावनी समेत दिएका थिए । एजेन्सी