चीनबाट आएको कोरोना खोप अगामी जेठ २५ बाट ज्येष्ठ नागरिकलाई लगाइने
१९ जेठ, रौतहट । अगामी जेठ २५ गते देखि कोरोनाविरुद्धको खोप ज्येष्ठ नागरिकलाई लगाउने सरकारले तयारी गरेको छ ।
तीव्र रुपमा फैलिरहेको कोरोना माहामारीका बेला चीनले सहयोग गरेको खोप प्राप्त भएपछि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएकाहुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिन फिङ्बीच केही दिन अघिको टेलिफोन वार्ता भएपछि चीन सरकारले अनुदानमा खोप उपलब्ध गराएको हो ।
मंगलबार चीनबाट ९ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउन थालेको पौडेलले जनाएका छन् ।






