वेदकोट नगरपालिकामा १६ शैयाको कोभिड अस्पताल सञ्चालन
१५ जेठ, रौतहट । कञ्चनपुरको वेदकोट नगरपालिकामा कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । प्रतिदिन कोरोना संक्रमित थपिदैँ जादाँ महाकाली उपप्रदेशिक अस्पतालमा बिरामिहरुको चाप बढेका थिए ।
कोरोना संक्रमण पुष्टि भएका बिरामीहरु उपचारका लागि अन्य जिल्लामा जादाँ स्वास्थ्य अवस्था जटिल भई मृत्युसमेत हुन सक्ने अवस्थालाई ध्यानमा राखेर वेदकोट नगरपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।
स्थानीय संघ संस्था, रेडक्रस अन्तर्गत सञ्चालन भएको मर्सिकोर परियोजना, सानाकिसान सहकारी संस्था लगायतको आर्थीक सहयोग तथा नगरपालिकाको पहलमा वेदकोटको सामादैजीमा १६ शैयाको कोभिड अस्पताल सुरु भएको हो ।
तीव्र रुपमा फैलिएको कोरोनाको दोस्रो लहर लगत्तै तेस्रो भेरिएन्टको खतराबढेपछि, वेदकोट नगरपलिकाले एमविविएस डाक्टरसहित कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको हो ।






