नारायणी अस्पताललाई मनीषाले गरिन् स्वास्थ्य सामग्री सहयोग

   १५ जेष्ठ २०७८, शनिबार १२:४६  

 

१५ जेठ, रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना माहामारीका बेला बलिउड अभिनेत्री मनीषा कोइरालाले वीरगन्जस्थित नारायणी प्रादेशिक अस्पताललाई चार थान भेन्टिलेटर उपलब्ध गराएकी छन् ।

कोरोनाको दोस्रो लहर बढदैँ संक्रमितहरुको पनि भिड बढेपछि मनीषा कोइरालाले विभिन्न स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध गराएकी हुन् ।

प्रतिदिन संक्रमित थपिदै गएपनि स्वास्थ्य सामग्रीको अभाव भएका कारण कतिपय बिरामीको उपचार हुन नसकेका कारण नै मृत्यु भएको समाचार यसअघि आएका थिए । सोही कुरालाई मध्यनजर राख्दै अभिनेत्री कोइरालाले नारायणी प्रादेशिक अस्पताललाई अक्सिन, भेन्टिलेटरलगायतको स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।

कोरोनाको दोस्रो लहरका बेला आफ्नो तर्फबाट पनि केही गर्न सकिन्छ कि भन्ने उद्देश्यले चार थान भेन्टिलेटर, १ सय थान पीपीई, फेस सिल्ड र मास्क समेत कोइरालाले प्रदान गरेकी अस्पताल प्रशासनले जनाए ।

यो सहयोग गर्नका लागि अभिनेत्री मनीषा कोइरालालाई अस्पतालका तर्फबाट धन्यवाद पनि ज्ञापन गरिएको छ ।