बेलायतले सहयाेग गरेकाे स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्याे

   १४ जेष्ठ २०७८, शुक्रबार ११:५७  

१४ जेठ, राैतहट । बेलायतले नेपाललाई कोरोनाभाइरस विरुद्ध लड्न सहयाेग गरेको अत्यावश्यक स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ ।

उक्त स्वास्थ्य सामग्री एक विशेष कार्गो विमानमार्फत नेपाल ल्याइएको हो । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले यसको जानकारी दिँदै ट्विटरमा भिडियो समेत अपलोड गरेकी छन् । भिडियोमा बोल्दै उनले महामारीको यो कठिन घडीमा नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएकी छन् ।

उनका अनुसार बेलायतले दिएकाे २६० वटा भेन्टिलेटर र त्यसका लागि आवश्यक पर्ने अन्य उपकरण, सामग्री, मास्क, फेस शिल्ड लगायत सामग्री काठमाडौँ आइपुगेका हुन् । सहयोगगका लागि नेपालले अनुरोध गरेपछि बेलायत सरकारले अनुदानमा ती सामग्री दिएको हो ।