कोभिड–१९ को उत्पत्तिबारे छानबिन गर्न डब्ल्यूएचओलाई अमेरिकाको आह्वान

   १२ जेष्ठ २०७८, बुधबार ११:४६  

प्रेम यादव

१२ जेठ, रौतहट । विश्वभरि तबाही मचाएको कोरोनाभाइरसको उत्पत्तिबारे निश्पक्ष छानबिन गर्ने विश्व स्वास्थ्य सङ्गठनलाई अमेरिकाले आह्वान गरेको छ ।

हाल विश्वका अधिकांश देशहरु कोरोनाभाइरसबाट ग्रसित छन् । तर यो महमारीको उत्पत्ति कसरी भएको हो भन्ने अहिले रहस्यमै छ ।
अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड–१९ को उत्पत्तिबारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्ने डब्ल्यूएचओलाई आग्रह गरेको बीबीसीले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबारे अझै ठोस तथ्य फेला परेको छैन । अमेरिकी सञ्चारमाध्यमहरुमा भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट चुहावटे विरणहरु आएका छन् ।

स्मरणहोस कोभिड–१९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा देखा परेको थियो । त्यसपछि उक्त भाइरसबाट विश्वभरि १६ करोड ७९ लाख मानिस प्रभावित भइसकेका छन् भने ३४ लाखको ज्यान समेत गइसकेको छ ।

यसै वर्षको मार्चमा डब्ल्युएचआले चिनियाँ वैज्ञानिकहरुसँग मिलेर संयुक्त विवरण तयार गरेको थियो । उक्त विवरणमा भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै थोरै भएको उल्लख गरिएको थियो । सँगै त्यसबारे थप अनुसन्धान जरुरी भएको समेत भनिएको थियो ।

सन २०१९ को नोभेम्बर महिनामा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्यहरु बिरामी भएर अस्तपाल भर्ना भएको अमेरिकी जासुसी सूत्रहरुले पेश गरेको एक विवरणमा उल्लेख छ । त्यो घटना चीनले नयाँ रोग समुदायमा देखा परेको स्वीकार्नुभन्दा कैयौँ साता पहिले भएको विवरणमा उल्लेख छ ।

गतसाता डेली मेलमा प्रकाशित समाचार अनुसार अमेरिकी स्वास्थ्य अधिकारी डा. रोशेल वालेन्स्कीले वुहान स्थित संक्रामक रोग सम्बन्धी अध्ययन गर्ने संस्थामै कोरोना भाइरसको उत्पति भएको र त्यहिबाट चुहावट भई यो भाइरस विश्वव्यापी भएको हुनसक्ने दाबी समेत गरेका थिइन ।

यद्यपी यी माथिका तथ्यहरुलाई अधार मान्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले डब्ल्यूएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तराष्ट्रिय विज्ञहरुलाई अनुमति दिनुपर्ने मागँ गरेका थिए ।

बेइनिङजले भने ती विवरणहरुलाई क्रुद्धतापूर्ण रुपमा खारेज गरेका छन् । उसले भाइरसबरु अमेरिकी प्रयोगशालाबाट आएको हुन सक्ने बताएका छन् । बेसेराले मंगलबार डब्ल्यूएचओको बैठकमा चीनको नाम नलिकनै अमेरिकाले अर्को चरणको छानबिन थप सघन हुने आशा गरेको बताएका थिए ।

ह्वाइट हाउले पनि डब्ल्यूएचओको विज्ञहरुद्धारा निश्पक्ष छानबिनको आशा गरको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकाका पुर्व राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट फैलिएको दाबी गरेका थिए तर गत वर्ष यो षड्यन्त्रको सिद्धान्त मानेर सो दाबीलाई खारिज गरिएको थियो ।

धेरैजसो अमेरिकी सञ्चारमाध्यमले उनको दाबीलाई झुटो भनेका थिए । पछिल्लो विवरहरुप्रति ट्रम्पले मंगलबार न्यूयोर्क पोस्टलाई एक इमेल लेख्दै आफूलाई उक्त विषय शुरुमै थाहा भएको तर सदाझैँ निकै आलोचित हुनुपरेको उनले बताएका थिए । ट्रम्पको उक्त दाबीलाई अहिले आएर सबैजना सही थिए भन्दैछन् ।

अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सका रिपब्लिकन सांसदहरुले पनि भाइरस वुहानको प्रयोगशालाबाटनै शुरु भएको हुन सक्ने परिस्थितिजन्य प्रमाण रहेको दाबी गरेका छन् ।