जापानमा हुने ओलम्पिक खेल रद्द गर्न चिकित्सकहरुको आग्रह
४ ज्येष्ठ, राैतहट । जापानका चिकित्सकहरुको एक समूहले जापानमा हुन गइरहेको ओलम्पिक खेल रद्द गर्न आग्रह गरेका छन् ।
कोरोना भाइरसको बढ्दो आकार र गतिलाई मध्यनजर गर्दै चिकित्सकहरुले ६६ दिनपछि हुने टोकियो–२०२० ओलम्पिक तत्कालका लागि स्थगन गर्न माग गरेका हुन् ।
ओलम्पिक खेल रद्द गर्न जापानी चिकित्सकहरुको आग्रह
देशको स्वास्थ्य प्रणालीले हजारौं अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र सञ्चारकर्मीहरुलाई सुरक्षित राख्न नसक्ने भन्दै उनीहरुले यसैले झन् धेरै कोरोनाको संक्रमण बढ्नसक्ने त्रास देखाएका छन् ।
टोकियो मेडिकल प्राक्टिस्नर्र्स एशोसिएसनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसमक्ष ओलम्पिक खेल रोक्नका लागि आग्रह गर्न अधिकारीहरुसमक्ष अनुरोध गरेका हुन् ।
टोकियो अस्पताल पूर्ण रुपमा भरिएको र उनीहरुसँग अरु थप क्षमता नरहेको भन्दै उनीहरुले ओलम्पिक र पाराओलम्पिक रद्द गर्न भनेका हुन् ।






