युभेन्टससँग इन्टर मिलान पराजित
२ ज्येष्ठ, राैतहट । इटालीयन सिरी ए फुटबलमा इन्टर मिलान युभेन्टससँग पराजित भएको छ ।
इन्टरलाई पराजित गरेसँगै युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने आशा कायमै राखेको छ ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसले इन्टरलाई तीन दुई गोल अन्तरले हराएको छ । जितसँगै युभेन्ट शीर्ष चारमा उक्लिएको छ ।
युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने जुवान क्वाडार्डोले दुई गोल गरे । इन्टरका लागि पेनाल्टीमार्फत रोमेलु लुकाकुले गोल गरे ।






