कोरोना विरुद्धको लडाईमा रजनीकान्तले गरे एक करोड सहयोग
१ जेठ, रौतहट ।
विश्व्रव्यापी रुपमा फैलिएको कोरोना माहामारी विरुद्धको लडाईमा बलिउड अभिनेता रजनीकान्तले सरकारलाई एक करोड सहयोग गरेका छन् । उनले तमिलनाडूका मुख्यमन्त्री राहत कोषमा उक्त रकम सहयोग दिएका हुन् ।
यसको अलवा उनकी छोरी सौन्दर्याले पनि पति विशगन वानागामुदीसँग मिलेर एक करोड दान दिएकी छन् । जसको जानकारी सामाजिक संजाल मार्फत सौन्दर्याले दिएकी छन् ।
सौन्दर्यले सामाजिक संजालमा लेखेकी छन् ‘मेरो ससुरा, श्री एसएस वनन्गमुडी, पति विशगत, उनकी बहिनी र म मुख्यमन्त्री एमके स्टालिन सरलाई भेटेर हामीले मुख्यमन्त्री राहत कोषमा एक करोडको योगदान गरेका छौ ।’
हाल रजनीकान्तले सोशल ड्रामा फिल्म ‘अन्नथे’को सुटिङमा गरिरहेका छन् । फिल्मको आधा सुटिङ सकिएको छ, भने बाँकी सुटिङ कोरोनाको स्थिति ठिक भएपछि हुनेछ । एजेन्सी






