आफ्ना नागरिकलाई भारत छाेड्न अमेरीकाकाे अपिल

   १६ बैशाख २०७८, बिहीबार १६:२३  

१६ वैशाख,राैतहट । आफ्ना नागरिकलाई भारत छोड्न अमेरीकाले एड्भाइजरी जारी गरेकाे छ ।

भारतमा कोरोना भाइरसकाे संक्रमण घातक बनेकाे भन्दै अमेरिकाले एक एड्भाइजरी जारी गरेको छ । यस सँगैअमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनासँग लड्नका लागि भारतलाई थुप्रै किसिमको सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

एड्भाइजरीमा भनिएको छ, ‘कोभिडको बढ्दो संक्रमणका कारण स्वास्थ्य सुविधा नाजुक अवस्थामा पुगेको छ । त्यसैले अमेरिकी नागरिक भारतबाट आउने हवाइ उडानमार्फत सिधैँ स्वदेश फर्किनू ।’

अमेरिकी विदेश मन्त्रालयले स्वास्थ्य सतर्कता सम्बन्धी सूचना जारी गर्दै भारतमा कोरोनाको नयाँ भेरिएन्ट तथा यसबाट भइरहेको मृत्युको तथ्यांकले हरेक दिन रकर्ड तोडेको र परीक्षणको सुविधा पनि सीमित रहेको ट्वीट मार्फत जनाएका छन् ।