प्रभावित क्षेत्रका विधालय वैशाखसम्म बन्द गर्ने सरकारको निर्णय

   ६ बैशाख २०७८, सोमबार १२:४६  

६ वैशाख, रौतहट । कोराना भाइरसबाट अति प्रभावित सहरी क्षेत्रका विधालयहरु बन्द गर्ने सरकारले निर्णय गरेको छ । कोरोनाको दोस्रो लहरको बढ्दो संक्रमण नियन्त्रण गर्नका लागि सो कदम चालिएको छ ।

आज बिहान मन्त्रिपरिषदाको बसेको बैठकले वैशाखभर सार्वजनिक तथा निजी विधालयहरु बन्द गर्ने निर्णय भएको भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाङफेले जानकारी दिए । सार्वजनिक यातायात समेत मापदण्ड बनाएर स ञ्चालन गर्न आजै राजपत्रमा सूचना प्रकाशित गर्ने छ । विधालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको निर्णय रहेको मन्त्री तुम्बाहाङफेले बताए  ।

आज बसेको मन्त्रीमण्डलको बैठकले चालू हिउँदे अधिवेशन सोमबार दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
संक्रमण फैलिनबाट बच्न मापदण्डहरुको पालना गर्न समेत सरकारले अनुरोध गरेको छ । आइतबार १ हजार ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल नेपालमा कुल २ लाख ८४ हजार ६७३ जना संक्रमति भएका छन् भने २ लाख ७५ हजार ३०० जनामा संक्रमण मुक्त भइसकेका छन् । त्यस्तै कोरोना भाइरस(कोभिड-१९) का कारण अहिलेसम्म ३ हजार ८३ जनाको मृत्यु भएको छ ।