त्रिकोणात्मक टी–२०: नेदरल्यान्ड्स र मलेसिया बीच खेल हुदै
५ वैशाख, रौतहट । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा आज नेदरल्यान्ड्स टस जितेर पहिला ब्याटिङ गर्न रोजेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले मलेसियाविरुद्ध पहिला ब्याटिङ गर्न लागेको हो ।
पहिलो खेलमा नेपालसँग पराजित भएको नेदरल्यान्ड्सलाई आजको खेलमा जित निकाल्नुपर्ने दबाब छ । नेदरल्यान्ड्स शनिबार नेपालसँग ९ विकेटले पराजित भएको थियो । मलेसियाको भने प्रतियोगितामा यो पहिलो खेल हो ।






