कैलालीका १३ वटै स्थानीय तहमा हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान शुरु
२० चैत, रौतहट । कैलालीमा आज देखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान शुरु भएको छ ।
हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत कैलालीका १३ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान शुरु भएको स्वास्थ्य कार्यालय कैलालीमा प्रमुख लाल बहादुर धामीले जनाएका छन् ।
९ औं चरणको हात्तीपाइले विरुद्धको आम औषधी सेवन अभियान १० दिन सम्म चल्ने कार्यालयका प्रमुख लाल बहादुर धामीले जानकारी दिए ।
धामीका अनुसार जिल्लामा ८ लाख ४१ हजार २ सय १ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ ।






