पाकिस्तानमा बम विस्फोट हुँदा पाँचको मृत्यु, पाँच घाइते

   २२ फाल्गुन २०७७, शनिबार १३:२४  

२२ फागुन, रौतहट । शुक्रबार गएराति पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ, भने अन्य पाँच जना सामान्य घाइते भएका छन् ।

सो स्थानको बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन् । त्यस विस्फोटमा परी एक सवारी साधनमा यात्रा गरिरहेका यात्रु मारिएका हुन् ।

उनीहरु यात्रा गरिरहेको सवारी साधन नै धरापमा परेको थियो । सो सवारी साधन उक्त सडकमा राखिएको धरापमा परेपछि विस्फोट भएको थियो । एजेन्सी