‘मोस्टवान्टेड’ सूचीमा रहेका ज्वालासिंह समूहका यादव पक्राउ
द नेपाल मिडिया
९ असार २०७७, मंगलवार ०६:५२
ज्यान सम्बन्धी कसुर, अपहरण तथा शरीर बन्धक, हात हतियार खरखजाना, विष्फोटकलगायत नौ वटा मुद्दाका अभियुक्त यादवलाई बाँके प्रहरीले मंगलबार बिहान ३ बजे पक्राउ गरेको हो ।
लामो समयदेखि भारतमा बस्दै आएका यादवलाई वनकट्टीबाटै पक्राउ गरेको बाँकेका एसपी ओम रानाले रातोपाटीलाई बताए । यादवको साथबाट तरबार र चक्कुसमेत बरामद भएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






