भोली बैठकका लागि परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै

   २९ पुष २०७७, बुधबार १४:०५  

२९ पुस, रौतहट । नेपाल भारत संयुक्त आयोगको बैठकका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिनेका लागि भारत भ्रमणका लागि बुधवार नयाँ दिल्ली जाँदै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकका लागि मन्त्री ज्ञवाली माघ १ गते भारत जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले आयोगको बैठकमा नेपाल भारत द्विपक्षिय सम्बन्धका विविध विषयमा छलफल हुने जनाएको छ । छलफलका क्रममा व्यापार, पारवहान, उर्जा, सीमा, (कोभिड १९) साझेदारी, पूर्वाधार, लगानी, कृषि, पर्यटन, संस्कृति, कनेक्टिभिटीका क्षेत्रमा छलफल हुने मन्त्रालयले वक्तव्य जारी गर्दै जनाएको छ ।

दिल्लीमा रहँदा मन्त्री ज्ञवालीले उच्चस्तरीय भेटवार्ता गर्ने समेत मन्त्रालयले जानकारी दिए ।