उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत मिरमिरे साइँली सार्वजनिक
द नेपाल मिडिया
५ पुष २०७७, आईतवार ११:५५
५ पुस, रौतहट । लोकदोहोरी गायक अमृत खाती र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत मिरमिरे साइँली सार्वजनिक भएको छ।
गीतमा शब्द संगीत अमृत खाती, संगीत संयोजन कमल सौराग र मिक्सिङ मास्टरिङकुमार सानुको रहेको छ। डीएआर मुभिजको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियो विक्रम चौहानले निर्देशन गरेका छन्।
म्युजिक भिडियोमा सञ्जीव ठकुरी र अनुपमा भण्डारीले अभिनय गरेका छन् भने छायांकन दीपक गिरी र सम्पादन लक्ष्मण चौहानको रहेको छ।