कोरोना माहामारीका कारण बन्द भएका विराटनगरका सबै विद्यालय आजबाट सञ्चालन
२ पुस, रौतहट । कोरोना माहामारीका कारण बन्द भएका विराटनगरका सबै विद्यालय आजबाट सञ्चालन भएका छन् ।
विश्वव्यापी रुपमा फैलिएका कोरोना माहामारीले चैतदेखि नै बन्द भएका विद्यालय आज ( बिहीबार) पुस २ गतेबाट स्वास्थ्य साबधानीका उपाय अपनाएर खुला गरिएको हो ।
महानगरको शिक्षा समितिले मंसिर २१ गते बैठक बसेर विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो ।
विद्यार्थी तथा शिक्षकले मास्क, सेनिटाइजरको प्रयोग र भौतिक दूरी अनिवार्य पालना गर्नुपर्ने छ । कतिपय विद्यालयले पोसाक अनिवार्य गरेका छैनन् ।
पोसाकभन्दा पनि चिसोबाट बच्ने खालका कपडा लगाएर बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेको महानगरका मेयर भीम पराजुलीले बताए ।






