अभिनेता सैफ अली खानविरुद्ध मुद्दा
१ पुस, रौतहट ।
बलिउड अभिनेता सैफ अली खानविरुद्ध मुद्दा दर्ता भएको छ।
ओम राउतको निर्देशनमा बनेको फिल्म आदिपुरुषबारे दिएको अन्तर्वार्तालाई लिएर सैफ विवादमा तानिएका हुन्। उनीविरुद्ध उत्तर प्रदेशको जौनपुर जिल्लास्थित एडिसनल चीफ जुडिसल मजिस्ट्रेट अदालतमा एक वकिलले मुद्दा दायर गरेका हुन्। निर्माताविरुद्ध पनि मुद्दा परेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार अदालतले मुद्दाको आगामी सुनुवाइ डिसेम्बर २३ मा तय गरेको छ। धार्मिक भावनामा चोट पुर्याएको आरोप लगाउँदै मुद्दा दर्ता भएको हो।
भगवान रामको कथामा आधारित फिल्ममा सैफको रोल रावणसँग मिल्दो जुल्दो रहेको बताइएको छ।
सैफले एक अन्तर्वार्तामा लक्ष्मणले रावणको बहिनीको नाक काट्दा रावणले सीताको अपहरण गरेको र यो ठिक भएको उल्लेख गरेका थिए। फिल्मका माध्यमबाट रावणको उदार र मानवीय पक्ष देखाइने बताएका थिए। यद्यपि आफ्नो अभिव्यक्तिले विवाद निम्तिएपछि सैफले माफी मागेका छन्। आफ्नो वयान फिर्ता लिइसकेका छन्।