अभिनेत्री कंगनाका हजुरबुबाको निधन
३० मंसिर, रौतहट ।
कंगना रनौतका हजुरबुवा ब्रह्म चन्द रनौतको निधन भएको छ । लामो समय यता बिरामी रहेका उनको ९० वर्षको उमेरमा निधन भएको हो ।
हजुरबुबाको निधनपछि अभिनेत्री रनौतले सोसल मिडियामा इमोशनल पोस्ट गरेकी छन् ।
उनले लेखेकी छन्, ‘साँझ आफ्नो प्यारेन्ट्सको घर गएँ, किनभने मेरा हजुरबुबा केहि समय यता बिरामी हुनुहुन्थ्यो, जब म घर पुगेँ, तब उहाँको निधन भइसकेको थियो । वहाँ ९० वर्षको हुनुहुन्थ्यो र अहिले पनि आफ्नो सेन्स अफ ह्यूमरले चिनिनु हुन्थ्यो, हामी वहाँलाई ड्याडी भन्थ्यौँ, ओम् शान्ति ।’