टि-२० विश्वकपमा नेपालले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

   ३० मंसिर २०७७, मंगलवार १०:५८  

३० मंसिर, रौतहट । अष्ट्रेलियामा सन् २०२२ मा हुने टि(२० विश्वकपको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को प्रक्रिया अनुसार नेपालले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ ।

सोमवार आइसीसीले छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो ।

फेब्रुअरी र मे २०२२ मा हुने ग्लोबल छनोटमा सफल भए नेपालले सन् २०२२ अक्टोबरमा हुने विश्वकपमा खेल्न पाउनेछ । ग्लोबल छनोटबाट कुल ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन् । दुई समूहमा हुने ग्लोबल छनोटबाट २-२ टोली विश्वकपमा खेल्नेछन् ।