किन सनी देओलले माधुरीसँग एउटा मात्रै फिल्ममा काम गरे

   २६ मंसिर २०७७, शुक्रबार १४:१३  

२६ मंसिर, रौतहट ।

माधुरी दिक्षित जब आफ्नो करियरको शिखरमा थिइन् तब सनी देओलको नाम पनि बलिउडका शीर्ष स्टारमा गनिन्थ्यो । यति हुँदाहुँदै पनि उनीहरुले नायक नायिकाको रुपमा एउटा मात्रै फिल्ममा सँगै काम गरे ।

फिल्मको नाम थियो ‘त्रिदेव’ जुन सुपरहिट भएको थियो । राजीव रायद्वारा निर्देशित यो फिल्ममा सनी–माधुरीमाथि एउटा गीत ‘मे तेरी मोहब्बत मेँ’ छायांकन गरिएको थियो ।

आखिर के कारण थियो कि सनी र माधुरीले एउटा मात्रै फिल्ममा अभिनय गरे । उनीहरु बीच कुनै प्रकारको मतभेद पनि छैन । दुबै आफ्ना राम्रो स्वभावका लागि परिचित छन् ।

त्यो समयमा माधुरी दीक्षितको जोडी अनिल कपुरसँग निकै रुचाइएको थियो । माधुरीले आफ्नो करियरमा सर्वाधिक फिल्म अनिल कपुरसँग गरेकी थिइन् । एजेन्सी