आर्सनल र टोटेनहम युरोपा लिग फुटबलको नकआउट चरणमा

   २६ मंसिर २०७७, शुक्रबार ११:०४  

२६ मंसिर, रौतहट । इंग्लिस क्लब आर्सनल र टोटेनहम हटस्पर दुबै टिमले जित निकाल्दै युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा आयरल्याण्डको डुनडल्कलाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्सनलले शतप्रतिशत जित निकालेको हो ।

टोटेनहम रोयल एन्टवर्पलाई २–० ले पराजित गर्दै टोटेनहमसमूह विजेता बन्दै अन्तिम ३२ मा छनोट भएको हो ।

अल्भेस मोरिसले ५७ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । लो सेलोले ७१ औं मिनेटमा टोटेनहमको अग्रता दोब्बर बनाए ।

समूह विजेताको रुपमा टोटेनहमले १३ अंक जोड्यो । एन्टवर्प १३ अंक सहित समूह उपविजेता बनेको छ ।