अभिनेत्री कृति सेननलाई कोरोना संक्रमण पुष्टि

   २५ मंसिर २०७७, बिहीबार ११:१२  

२५ मंसिर, रौतहट ।

बलिउड अभिनेत्री कृति सेननलाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । आफैले इस्टाग्राम मार्फत कृतिले आफु कोरोना संक्रमित भएको बताएकी हुन् ।

उनले लेखेकी छन् ‘म तपाईहरु सबैलाई बताउन चाहन्छु । म कोरोना संक्रमित भएकी छु । तर, आतिनु पर्ने कुरो केही छैन । किन भने म एकदमै ठिक छु । मैले डक्टर तथा बीएमसीको सल्लाहमा आफुलाई क्वारेन्टाइमा राखेको छु ।’

आफु छिट्टै ठिक भएर काममा फर्किने बताएकी कृतिले सबैलाई सुरक्षित रहन अनुरोध समेत गरेकी छन् । उनले भनेकी छन् ‘तपाईहरु पनि सुरक्षित रहनुस् । किनभने कोरोना अहिलेसम्म गएको छैन ।’ एजेन्सी