दिवंगतकी श्रीमती मेघना र नवजात छोराको कोरोना रिपोर्ट पोजेटिभ

   २४ मंसिर २०७७, बुधबार १४:२१  

२४ मंसिर, रौतहट ।

दिवंगत अभिनेता चिरञ्जिवी सरजाकी श्रीमती तथा अभिनेत्री मेघना राज तथा उनका नवजात छोरा दुबैको कोरोनाभाइरस रिपोर्ट पोजेटिभ आएको छ । साथै मेघनाका आमा–बुवा पनि कोरोनाद्वारा पोजेटिभ पाइएका छन् ।

मेघनाले आफ्नो इन्स्टाग्राम पेजमा एक नोटमार्फत् यो कुराको जानकारी दिएकी हुन् । उनले आफ्नो प्रशंसकलाई चिन्ता नगर्न अनुरोध गरेकी छिन् ।

चिरञ्जिवी र मेघनाको पहिलो सन्तान यो वर्ष अक्टोबरमा जन्मिएका थिए । छोरा जन्मनु चार महिना अघि चिरञ्जिवी सरजाको अचानक मृत्यु भएको थियो । एजेन्सी