पार्थिव पटेलले लिए सबै क्रिकेटका खेलबाट सन्यास
द नेपाल मिडिया
२४ मंसिर २०७७, बुधबार १२:४३
२४ मंसिर, रौतहट । भारतीय क्रिकेटर पार्थिव पटेलले सबै क्रिकेटका खेलबाट सन्यास लिएका छन् ।
३५ वर्षका यी विकेट किपर तथा ब्याट्सम्यानले बुधवार सामाजिक सञ्जाल ट्वीटरमा यसको जानकारी दिएका छन् ।
उनले २५ टेस्ट, ३८ वन डे र २ टी २० म्याच खेलेका छन् । उनले आफ्नो अन्तिम टेस्ट जनवरी २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए ।






