प्रिमियर लिगः म्यानचेस्टर युनाईटेडको शानदार जित
२१ मंसिर, रौतहट । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित हात पारेको छ । शनिवार राति भएको खेलमा युनाईटेडले वेस्ट ह्यामसँग ३-१ को शानदार जित निकालेको हो ।
वेस्ट ह्यामको मैदानमा एक गोलले पछि परेपनि युनाईटेडले उत्कृष्ट पुनरागमन गरेको थियो । पहिलो हाफको ३८ औं मिनेटमा थोमस सौसेकले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ६८ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा मार्कस राषफोर्डले गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए ।
जितसँगै युनाईटेड १० खेलमा १९ अंक जोड्दै लिगको चौंथो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम भने १७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
एजेन्सी






