कोरोना संक्रमण देखिए पछि खेल स्थगित

   १९ मंसिर २०७७, शुक्रबार १०:४९  

१९ मंसिर, रौतहट । खेलाडीमा कोरोना देखिएसँगै इंग्ल्यान्ड र दक्षिण अफ्रिकासँगको पहिलो ओडिआई खेल स्थगित भएको छ ।

टस हुन केहि समय बाँकी रहँदा खेल स्थगित भएको क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ । खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ पछि केप टाउनमा सुरु हुने तयारी थियो । दक्षिण अफ्रिका खेलाडीमा कोरोना संक्रमण देखिएपछि खेल स्थगित हुन पुगेको हो ।

एक खेलाडीमा कोरोना देखिएको क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ । अब पहिलो ओडिआई आइतबार, दोस्रो सोमबार र तेस्रो बुधबार हुने छ । यसअघि तीन टि२० को सिरिज इंग्ल्यान्डले ३-० ले जितेको थियो ।

इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले यस सिरिजलाई सन् २०२३ को एकदिवसिय विश्वकप तयारीको सुरुको रुपमा समेत लिएका थिए । इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हालसम्म ६३ ओडिआई खेल भएका छन् । जसमा दक्षिण अफ्रिका ३० खेलमा विजयी हुँदा २८ खेलमा पराजित भएको छ । एक बराबर र चार खेल नतिजा विहिन छन् ।