मन्त्रिपरिषद् बैठक सुरू : मन्त्रालय पुनर्संरचना खाका पेश हुँदै
द नेपाल मिडिया
२१ बैशाख २०८३, सोमबार १२:१९
२१ वैशाख, काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।
आजको बैठकमा सरकारले मन्त्रालयको संख्या कटौतीसहित नयाँ मन्त्रालयको खाका पेश गर्ने बताइएको छ । सरकारले ४ वटा मन्त्रालय खारेज गर्दैछ ।
युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ र संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको अस्तित्व नरहने भएको हो ।
प्रधानमन्त्री कार्यालयलाई अझै शक्तिशाली बनाउने प्रारूप निर्माण गरिएको छ ।






