कांग्रेसका रौतहट १ सभापति अबधकिशोर साहको निधन

   ११ चैत्र २०८२, बुधबार ११:३७  

११ चैत, रौतहट । नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर–१ प्रदेश (क) का सभापति अबधकिशोर साहको निधन भएको छ । हृदयघातका कारण साहको गए राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समय देखि नेपाली काग्रेंसको राजनिति गरेका साह पार्टीका तर्फबाट उपमेयरको उम्मेदवार समेत बनेका थिए । सहज र सरल स्वभावका नेता साहको निधनले रौतहटमा काग्रेंसलाई क्षति पुगेको छ । उनको असामयिक निधनले अत्यन्त मर्माहत बनाएको र पार्टीले एक योद्धा गुमाएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य देबप्रसाद तिमल्सिनाले बताए ।

गौर नगरपालिका वडा नं. १ का वडाअध्यक्ष समेत रहिसकेका साहको ३ छोरी र १ छोरा रहेका छन ।