नवनिर्वाचित सांसदहरूको लिए शपथ
१२ चैत, काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूको शपथ सकिएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथग्रहण गराएका हुन् ।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सबै सांसदहरूलाई स्वागत गर्दै चैत ५ गते परिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाएको बताएका थिए । बानेश्वरमा रहेको भवन जेनजी आन्दोलनका क्रममा क्षति भएको र नवनिर्मित भवन तयार नभएको हुँदा संसद् सचिवालय बिलखबन्दमा परेको बताए ।

संसद्मा निर्वाचित सदस्यले पहिलो बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने प्रावधान रहेको छ । सोहीअनुसार आज प्रतिनिधिसभाका सदस्यहरूलाई शपथग्रहण गराइएको हो ।
ज्येष्ठ सदस्य केसीले भने बुधबार (चैत ११) राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा आयोजित कार्यक्रममा शपथ लिएका थिए ।






