अचल शाही ठाकुरी : डिजिटल मञ्चबाट संगीत क्षेत्रमा चम्किँदै गरेका नयाँ पुस्ताका कलाकार

   १० भाद्र २०८२, मंगलवार १४:०९  

बर्दिया, गुलरियामा २०५८ सालमा जन्मिएका अचल शाही ठाकुरी हाल नेपाली डिजिटल मिडिया र मनोरञ्जन क्षेत्रमा उदाउँदो प्रतिभा छन।

सानै उमेरदेखि नै गायन, रमाइलो भिडियो निर्माण र डिजिटल कन्टेन्ट क्रिएसनप्रति आकर्षित रहेका अचलले आफ्नो बाल्यकालीन रुचिलाई निरन्तरता दिँदै आज यसलाई पेशागत यात्रामा रुपान्तरण गर्न सफल भएका छन।

सामाजिक सञ्जाल टिकटक, इन्स्टाग्राम, फेसबुक र युट्युबमार्फत उनले हजारौं दर्शक तथा प्रशंसक कमाएका छन्। उनका भिडियोहरू केवल मनोरञ्जनका लागि मात्र नभई, प्रेरणादायी पनि हुने गरेका छन्। हाँस्य होस् वा संगीत, भावनात्मक अभिव्यक्ति होस् वा सिर्जनात्मक प्रस्तुति— जुनसुकै माध्यम प्रयोग गरे पनि दर्शकसँग जोडिन सक्ने उनको अद्वितीय क्षमताले उनलाई युवा पुस्तामाझ फरक परिचय दिलाएको छ।

सप्तरंगी : संघर्ष र सफलताको कथा बोकेको पहिलो गीत
अचल शाही ठाकुरीले आफ्नो कलाकारिक यात्रामा नयाँ मोड ल्याउने काम आफ्नो पहिलो गीत ‘सप्तरंगी’ मार्फत गरेका छन्। ३१ श्रावणमा युट्युबमार्फत सार्वजनिक भएको यस गीतमा उनले केवल संगीतमार्फत मनोरञ्जन मात्र नभई आफ्नै संघर्ष, लगनशीलता र सपना पुरा गर्ने दृढ विश्वास प्रस्तुत गरेका छन्। यो गीत उनको मेहनत र साहसको प्रतीकका रूपमा रहेको छ।

डिजिटल क्रियटिभदेखि पूर्ण कलाकारसम्मको यात्रा
सानो पर्दादेखि ठूलो पर्दासम्मको यात्रा गर्दै अचलले देखाएका छन् कि निरन्तर परिश्रम र दृढ सङ्कल्प भए असम्भव लाग्ने सपना पनि पुरा गर्न सकिन्छ। छोटो भिडियोमार्फत मानिसलाई हँसाउने उनको शुरुवाती प्रयास आज पूर्ण कलाकारिक यात्रामा फस्टाउँदै गएको छ। उनका कन्टेन्टहरूले नेपाली युवामाझ नयाँ सोच, आत्मविश्वास र सिर्जनशीलताको प्रेरणा जगाइरहेको छ।

हाल अचल शाही ठाकुरी सिर्जनशीलता, सरल स्वभाव र आत्मसमर्पणका कारण देशभरका युवामाझ प्रशंसनीय बन्दै गएका छन्। डिजिटल माध्यमबाट सुरु भएको उनको मेहनत र समर्पणले अब नेपाली संगीत र मनोरञ्जन क्षेत्रमै ठूलो योगदान दिने संकेत दिएको छ।