भारती र हर्षलाई दिएको जमानत रद्द गर्न अदालतमा एनसीबीको निवेदन

   १८ मंसिर २०७७, बिहीबार १२:३३  

१८ मंसिर, रौतहट । बलिउड लागुऔषध मुद्दामा पक्राउ परेकी कमेडियन भारती सिंह र उनका पती हर्षलाई दिएको जमानत रद्द गर्न एनसीबीको विशेष एनडीपीएस अदालतमा अनुरोध गरेको छ ।

तल्लो अदालतको आदेशलाई वेवास्ता गरि भारती दम्पत्तीलाई हिरासतमा राखेर सोधपुछ गर्न दिन एनसीबीले निवेदन पेश गरेको हो । एनसीबीको निवेदनपछि अदालतले भारती र हर्षलाई मंगलबार नोटिस जारी गर्यो । सम्भवतः अर्को हप्ता यस मुद्दाको सुनुवाइ अदालतमा हुने समाचारमा उल्लेख छ ।

एनसीबीले २१ नोभेम्बरमा भारती दम्पत्तीको घर र कार्यालयमा छापा मारेर ८६।५ ग्राम गाँजा फेला पारेको थियो । त्यसपछि सोधपुछमा उनीहरुहले गाँजा सेवन गर्ने गरेको स्विकारेपछि उनीहरुलाई न्यायिक हिरासतमा पठाएको थियो । तर त्यसको एकदिन पछि अर्थात २३ नोभेम्बरमा नै उनीहरुलाई जमानत दिइयो ।