उदयपुरमा आगलागी हुँदा गोठ र घर जलेर नष्ट, १० लाखको क्षति

   १८ मंसिर २०७७, बिहीबार १२:०३  

१८ मंसिर, रौतहट । बुधबार साँझ उदयपुरमा भएको आगलागीमा एक स्थानीयको गोठ जलेर नष्ट भएको छ ।

त्रियुग नगरपालिका ३ मोतिगडा चाँपस्थित हरिनारायण कोइरालाको गोठबाट सल्केर हिजो साँझ करिब ५ बजेको समयमा भएको आगलागीमा गोठ र घरसहित घरभित्र रहेका सम्पूर्ण धनमाल नष्ट भएको प्रहरीले जनाएको हो ।

आगलागी टीनको छाना भएको २ तले काठको घर र घरभित्र रहेका सम्पूर्ण अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र गाईगोठ पूर्णरुमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिए ।

आगलागीको खवर सुनेलगत्तै खटेको जिल्ला प्रहरी र सशस्त्र प्रहरी गण बोक्सेको टोलीले दमकल र स्थानीयको सहयोगमा दुईघण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट १० लाख बराबरको क्षति भएको घट्नास्थलको प्रकृति मुचुल्काले जनाएको छ ।