डेंगी संक्रमितको संख्या आठ हजारनजिक, चारवटै ‘सेरोटाइप’ देखिएको पुष्टि 

   २२ श्रावण २०८०, सोमबार १३:१६  

डेंगी संक्रमणका कारण सुनसरीको धरान उपमहानगरपालिकामा मात्र आठ र सुनसरीमै थप एक गरी नौजनाको मृत्यु भएको छ । तर, महाशाखाले हालसम्म सातजनाको मात्र मृत्यु पुष्टि गरेको छ ।

जुलाईमा मात्र तीन हजार ६२६ संक्रमित थपिएको महाशाखाले जनाएको छ ।

यो वर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप (भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण) देखिएको महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए ।

विश्वका धेरै देशमा डेंगीका चारै सेरोटाइप देखिएको छ । नेपालमा डेंगी १, २, ३, ४ नाम दिइएको छ । फरक–फरक सेरोटाइपसहित डेंगी दोहोरिए बिरामीको अवस्था सिकिस्त हुने उनले बताए ।