बलिउड अभिनेता सन्नी देओललाई कोरोना पुष्टि
१७ मंसिर, रौतहट ।
बलिउड अभिनेता सन्नी देओललाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । सन्नी आफैले ट्वीट गरेर आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।
सन्नीले आफ्नो पीसीआर परीक्षण गराउँदा कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । सन्नी पछिल्लो समय मनालीको दशाल गाउँमा रहेका छन् । उनी परिवार सहित केही अगाडि मनाली पुगेका थिए । उनी आउँदा पनि परिवारसहित उनको पनि कोरोना टेष्ट गरिएको थियो । सो समय सबैको रिपोट नेगेटिभ आएको थियो ।
उनका परिवार भने मनालीबाट फर्किसकेका छन् । उनी पनि भोलि फर्किने तरखरमा थिए । त्यसैले पनि उनले कोरोना परीक्षण गराएका थिए । उनमा संक्रमण भेटियो । अहिले उनका स्वास्थ्य अवस्था सामान्य नै रहेका र कटेजमा बसिरहेको समाचारमा जनाइएको छ ।
सन्नी देओलका मनालीको साथ गहिरो नाता रहेको छ । उनी आफ्नो धेरै समय मनालीमा बिताउने गर्दछन् । उनले छोरा कर्ण देओललाई लिएर बनाएको फिल्म ‘पल पल दिल के पास’को सबै सुटिङ समेत मनालीमा गरेका थिए । मनाली फिल्मसिटी बनाउने उनको सपना पनि रहेको छ । एजेन्सी






