देओल परिवारका तीन पुस्ता एउटै चलचित्रमा

   १५ मंसिर २०७७, सोमबार १५:११  

१५ मंसिर, रौतहट ।

देओल परिवारले सोमबार पारिवारिक ड्रामा चलचित्र ‘अपने ३’ निर्माणको घोषणा गरेका छन् । यो सँगै अर्को रमाइलो खबर भनेको यस सिक्वेलमा देओल परिवारको तीन पुस्ता एकै साथ ठूलो पर्दामा देखिने भएको हो ।

चलचित्रमा दिग्गज अभिनेता धर्मेन्द्र, उनका छोराहरु अभिनेताद्धय सनी र बबी देओल र नाती करण देओल मुख्य भूमिका देखिने छन् ।

सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै अभिनेता सनी देओलले चलचित्रको नामसहित मुख्य भूमिकामा रहने देओल परिवारको नाम पनि उल्लेख रहेको मोशन पिक्चर सार्वजनिक गरेका छन् ।

यस्तै अर्का अभिनेता बोबीले पनि निर्देशक अनिल शर्मा र निर्माता दीपक मुकुटसँगको फोटो सेयर गर्दै चलचित्रको रिलिज मिति पनि घोषणा गरेका छन् ।

चलचित्र २०२१ को दिपावलीमा रिलिज हुँदै छ । चलचित्र यही मार्चदेखि छायांकनमा जाने भएको छ ।