अभिनेता राहुल रोयलाई ‘ब्रेन स्ट्रोक’

   १५ मंसिर २०७७, सोमबार ११:४८  

१५ मंसिर, रौतहट ।

सन् १९९० को सुपरहिट बलिउड सिनेमा आशिकीका अभिनेता राहुल रोयलाई ब्रेन स्ट्रोक भएको छ।

उनलाई कारगिलमा आधारित सिनेमा एलऐसी लिभ द ब्याटको सुटिङका दौरान ब्रेन स्ट्रोक भएको हो।

हाल उनको मुम्बईस्थित नानावती अस्पतालमा उपचार भइरहेको छ। ५४ वर्षीय अभिनेता रोयलाई ७ दिन अगाडि सुटिङका क्रममा ब्रेन स्ट्रोक भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।

उनलाई २८ २९ नोभेम्बरको राति १.२५ वजे नानावती अस्पतालमा भर्ना गरिएको हो।

हाल उनलाई आइसियूमा राखेर उपचार गरिराखिएको छ।

रोयका भिनाजुले एक भारतीय अनलाइनलाई उनको स्वास्थ्यस्थितिमा सुधार भइरहेको बताएका छन्।