फेसबुकका डाटा चोर्ने २५ एपमाथि गुगलको प्रतिबन्ध

   २१ असार २०७७, आईतवार ०९:२७  

असार २१, रौतहट । गुगलले आफ्नो गुगल प्ले स्टोरबाट विभिन्न २५ वटा एन्ड्रोइड एपहरुलाई हटाइदिएको छ । फेसबुक प्रयोगकर्ताका लगइन डाटाहरुको चोरीमा ती एपहरु संलग्न रहेको विषयमा साइबर सेक्योरिटी कम्पनी एभिनाले खुलासा गरेसँगै गुगलले यस्तो कदम चालेको हो ।
ती एपहरुमा मालवेयर रहेका र त्यस मार्फत स्मार्टफोन प्रयोगकर्ताका फेसबुक लगइन डाटाहरु चोरिने गरिएको एभिनाले खुलासा गरेको थियो । ती २५ वटा एपहरु गुगल प्ले स्टोरमा अहिलेसम्म २० लाख पटक डाउनलोड भैसकेका छन् ।

ती मध्ये अधिकांस एप फाइल म्यानेजर, फ्लास लाइट, वालपेपर म्यानेजमेन्ट, स्क्रिनसट इडिटर तथा मौसम समबन्धी एपहरु रहेका छन् । गुगलले प्ले स्टोरबाट हटाएका २५ वटा एपहरुको सूचि यस्तो छ

  1. Super Wallpapers Flashlight
  2. Padenatef
  3. Wallpaper Level
  4. Contour level wallpaper
  5. Iplayer & iwallpaper
  6. Video maker
  7. Color Wallpapers
  8. Pedometer
  9. Powerful Flashlight
  10. Super Bright Flashlight
  11. Super Flashlight
  12. Solitaire game
  13. Accurate scanning of QR code
  14. Classic card game
  15. Junk file cleaning
  16. Synthetic Z
  17. File Manager
  18. Composite Z
  19. Screenshot capture
  20. Daily Horoscope Wallpapers
  21. Auxin Reader
  22. Plus Weather
  23. Anime Live Wallpaper
  24. i Health step counter
  25. Com.tyapp.fiction