डब्लुडब्लुईका प्रसिद्ध रेस्लर अन्डरटेकरेले सन्यास लिए

   ९ मंसिर २०७७, मंगलवार १४:१९  

९ मंसिर, रौतहट । डब्लुडब्लुईका प्रसिद्ध रेस्लर अन्डरटेकर ९मार्क कालावे० ले सन्यास लिएका छन् । अन्डरटेकरले आइतबारको अन्तिम खेलसँगै सन्यासको घोषणा गरेका हुन् ।

डब्लुडब्लुईका अध्यक्ष भाइन्स म्याकमहानले अन्डरटेकरले सन्यास लिएको घोषणा गरेका हुन् । ‘आज एउटा युगको अन्त्य भएको छ । यो इतिहास अब दोहोरिने छैन । अन्डरटेकरको इतिहास कसैले खोस्न सक्दैन ’म्याकमहानले भने ।