स्पानिस ला लिग: विल्वाओले रियल बेटिसलाई हरायो

   ९ मंसिर २०७७, मंगलवार १३:२५  

९ मंसिर, रौतहट । एथ्लेटिक विल्वाओले स्पानिस ला लिगमा रियल बेटिसमाथि फराकिलो जित हात पार्न सफल भएको छ । गएराति भएको खेलमा विल्वाओले घरेलु मैदानमा बेटिसलाई ४-० ले पराजित गरेको हो ।

विल्वाओले खेलको दुवै हाफमा २-२ गोल गरेको थियो । नवौं मिनेटमा बेटिसका भिक्टो रुइझले आत्मघाती गोल गरेपछि विल्वाओले अग्रता भएको थियो । ३३औं मिनेटमा एन्डर कापाले विल्वाओको अग्रता दोब्बर पारे । ५९औं मिनेटमा यकर मुनिएन र ६८औं मिनेटमा एलेक्स बेरेनगरले गोल थपेपछि विल्वाओले शानदार जित हात पारेको हो ।

जिपपछि ९ खेलबाट १२ अंक जोडेको विलवाओ आठौं स्थानमा उक्लेको छ । १० खेलबाट समान १२ अंक नै रहेको बेटिस भने १२औं स्थानमा छ । १० खेलबाट २३ अंकसहित रियल सोसिडाड ला लिगाको शीर्ष स्थानमा छ ।