नेपालमा थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि
३ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका जानकारी अनुसार बितेको २४ घण्टामा ६ हजार ७ सय ३१ जनाको पीस्ीआर परीक्षण गर्दा १ हजार ४ सय ४२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ । जसमध्ये नेपालमा हाल संक्रिय कोरोना संक्रमितको कुल संख्या २८ हजार ८ सय ७८ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, बितेको २४ घण्टामा थप ३ हजार ५ सय ३८ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या १ लाख ८२ हजार ७ सय ८० रहेको छ ।
यसैबीच, कोरोना संक्रमणका कारण विगत २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ, भने नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार २ सय ५९ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा १ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौँमा ८ सय २२ जना, ललितपुरमा १ सय ६८ र भक्तपुरमा ४८ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।