झापामा ट्रकको ठक्करबाट टरसाइकल सवार दुई जनाको घटनास्थलमै मृत्यु
३ मंसिर, रौतहट । झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका ६ मा रहेको गिरी मन्दिर नजिकै आज बिहान करिब ११ः३० बजेको समयमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको हो।
पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ३३५० नम्बरको ट्रकले मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।
दुर्घटनापछि ट्रकका फरार भएका चालकका खोजी कार्य जारी रहेको डीएपी थापाले बताए ।