बेल्जियमले इङ्ग्ल्याण्डलाई २–० ले हरायो
१ मंसिर, रौतहट । यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले इङ्ग्ल्याण्डलाई २–० ले हराएको छ । घरेलु मैदान हाभेर्लीमा आइतबार राति भएको खेलमा बेल्जियमलाई जिताउन युरी टेलिमान्स र ड्रिएस मेर्टेन्सले एकरएक गोल गरे । बेल्जियमले पहिलो हाफमै दुई गोल गरेको हो ।
जितसँगै लिग ुएु को समूह २ मा रहेको बेल्जियमले चार खेलमा १२ अङ्क जोडेको छ । शीर्ष स्थानमा रहेको बेल्जियमले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । बेल्जियमसँग हारेको इङ्ग्ल्याण्डको भने अर्को चरण पुग्ने सम्भावना सकिएको छ ।
इङ्ग्ल्याण्ड पाँच खेलमा सात अङ्क जोडेर तेस्रो स्थानमा छ । अब बेल्जियमले बिहीबार समूह चरणको अन्तिम खेलमा दोस्रो स्थानमा रहेको डेनमार्कसँग खेल्नेछ । त्यस्तै इङ्ग्ल्याण्डले आइसल्याण्डसँग खेल्नेछ ।