यस्तो रह्यो बलिउड सेलिब्रिटीको दिवाली

   ३० कार्तिक २०७७, आईतवार १३:३२  

कोरोनाको महामारीबीच नेपाललगायत भारतमा शनिबार दिपावली मनाइयो । भारतमा दिवाली भनिने झिलिमिली बत्तीको यो पर्व अन्य वर्षभन्दा फिक्का रह्यो । त्यस्तै बलिउड सेलिब्रिटीबीच पनि यसपाली खासै तामझाम देखिएन । तर सबैले आ–आफ्नै तरिकाले यो पर्व भने मनाए । यसपटक बलिउड सेलिब्रिटीको दिवाली लुक र सेलिब्रेशन कस्तो रह्यो त्यसबारे जानकारी लिऔं ।

प्रियंका चोपडा, निक जोनसः

प्रियंका चोपडाले आफ्ना श्रीमान् निक जोनससँग विशेष तरिकाले दिवाली मनाइन् । दिवाली मनाउँदा नायिकाले साडी लगाएकी थिइन् भने निक जोनस कालो रङको सुटमा देखिएका थिए ।

कट्रिना कैफः

कट्रिना कैफले सोसल मिडियामार्फत् आफ्ना प्रशंसकलाई शुभकामना दिइन् । उनले साडी लगाएर हातमा दियो समातेर आफ्नो फोटो सेयर गरिन् । गुलाबी रङको साडीमा कट्रिना निकै सुन्दर देर्खिएकी थिइन् ।

सारा अली खानः

सारा अली खानले दिवालीको मौकामा इन्स्टाग्राममा आफ्नो एक फोटो सेयर गरिन् । जसमा उनी पर्पल र गोल्डन कम्बिनेशनको कुर्ता सुरुवालमा देखिइन् । फोटो सेयर गर्दै नायिकाले आफ्ना प्रशंसकलाई दिवालीको बधाई दिइन् । उनले फोटो सेयर गर्दै लेखिन्, ‘बत्तीको प्रकाशले हरेक पल तपाईंको जीवनमा खुसी ल्याओस् । यहि छ शुभकामना ।’

नेहा कक्कड र रोहनप्रित सिंहः

गायिका नेहा कक्कड आजकाल श्रीमान् रोहनप्रित सिंहसँग दुबईमा हनिमुन मनाइरहेकी छिन् । विवाहपछि यो नेहाको पहिलो दिवाली हो । यी दुईले दुबईमा नै दिवाली मनाएका छन् ।

दीपिका पादुकोण र रणवीर सिंहः

रणवीर सिंह र दीपिका पादुकोणले आ–आफ्ना प्रशंसकलाई सोसल मिडियामार्फत् दिवालीको शुभकामना दिए । दुबैले आ–आफ्नो इन्स्टाग्राममा आफ्नो फोटो सेयर गरेका छन् । उक्त तस्बिरमा रणवीर सिंह सुन्तला रङको कुर्तामा देखिएका छन् भने दीपिका रातो रङको साडीमा देखिएकी छिन् । एजेन्सी