काजल अग्रवालले सेयर गरिन् नयाँ फोटो
२७ कार्तिक, रौतहट ।
अभिनेत्री काजल अग्रवाल आफ्ना श्रीमान् गौतम किचलूसँग माल्दिभ्समा हनिमून मनाइरहेकी छिन् । काजलले व्यापारी श्रीमान् गौतम किचलूसँग गत हप्ता मात्रै विवाह गरेकी हुन् । उनी लगातार सोसल मिडियामा आफ्नो प्रशंसकसँग सम्पर्कमा छिन् ।
काजल अग्रवालले जुन फोटो सेयर गरेकी छिन् त्यसको थीम डीप ब्ल्यू सी हो । काजल र गौतम निलो रङको पहिरनमा निकै सुन्दर देखिएका छन् । दुबैले समुद्रको किनारामा फोटोसुट गरेका छन् । यसका साथै काजलले एउटा फोटोमा योगासन पनि गरिरहेको देख्न सकिन्छ । काजलले लेखेकी छिन्, ‘म आफ्नो रुटिन फलो गर्नका लागि लालायित छु ।’ एजेन्सी